Harsamaya
निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन

काठमाडौं -नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) को हरित ऋण पत्रमा करिब ४ गुणाभन्दा बढीले आवेदन दिएका छन् ।

७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतको दरले व्याज प्रदान गर्ने गरी निफ्राले जारी गरेको रु. ५ अर्बको हरित ऊर्जा ऋणपत्रमा उक्त आवेदन परेको हो । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्कासन सुरु भएको यस ऋणपत्र निष्कासनको कार्य जेठ २५ गते सम्पन्न भएको थियो ।

उक्त सयमसिमाभित्र सर्वसाधाण तर्फको रु. २ अर्बको लागि सामूहिक लगानी कोषहरू बाहेक जम्मा ३ हजार ३३ योग्य लगानीकर्ताहरूबाट रु. ३ अर्ब ३८ करोड ५४ लाख ७८ हजारको लागि आवेदन परेको थियो । प्राइभेट प्लेसमेन्ट तर्फको रु. ३ अर्बको लागि जम्मा २३ योग्य लगानीकर्ताहरूबाट रु. १५ अर्ब ५९ करोड ५५ लाख को लागि आवेदन परेको थियो । यो ऋण पत्रको प्रारम्भिक बाँडफाँडको कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update