Harsamaya
लाओसलाई कम आक्न चाहदैनौं : प्रशिक्षक रस
एएफसी च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणमा लाओससँ खेल्दै नेपाल ।

काठमाडौं - एएफसी च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणमा घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रूपमा नलिएको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक म्याट रसले बताएका छन् ।

प्रेस कन्फ्रेन्सका क्रममा प्रशिक्षक रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरू सचेत रहेको बताएका छन् । लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रूपमा रहन सक्ने बताउँदै उनले भने, “मलाई लाग्छ । लाओस पूर्णरुपमा संगठित टोली हो । अत्यन्त आक्रामक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ । त्यसैले पनि हामीले भोलीको खेललाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौँ। त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेका छन् ।”

सोही क्रममा प्रशिक्षक रसले टोलीमा केही परिवर्तन हुने सङ्केत गरेका छन् । हंगकंगविरुद्ध खेलेको टोली नै मैदानमा उत्रनेमा केही संशय रहेको बताउँदै उनले भने, हंगकंगविरुद्ध मैदानमा उत्रिएको टोलीमा केही फेरबदल हुन सक्छ । सम्भवतः हामी बलियो टोली मैदानमा उतार्नेछौ ।

प्रेस कन्फ्रेन्सका क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोंगले लाओसविरुद्ध खेल्न सधैँ सकारात्मक रूपमा तयार रहेको बताए ।उनले भने, ‘लाओसविरुद्ध प्रतिस्पर्धा गर्न हामी सधैँ उत्सुक र तयार रहेका छौँ । पछिल्लो चारवटा खेलमा मैले पनि सहभागिता जनाएको छु । त्यसैले पनि भोलीको खेलका लागि हामी शारीरिक र मानसिक रूपमा तयार रहेका छौ ।’  

साउदी अरबमा हुने च्याम्पियनसिपका लागि जारी छनोट अन्तर्गत समूह एफको पहिलो चरणको खेलमा नेपाली टोलीले बुधबार लाओससंग प्रतिस्पर्धा गर्दै छ । यसअघिका विभिन्न ६ वटा खेलमा नेपालले ४ वटामा जित र दुई वटामा बराबरी खेलेको छ ।

यद्यपि , लाओसको घरेलु मैदानमा नेपालले एकमा जित र एकमा बराबरी गरेको छ । तेस्रो चरणको खेल अन्तर्गत नेपालले मलेसियासँग २ शून्य र लाओसले भियतनामसँग ५ शुन्यको हार व्यहोरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update