
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा केही स्थिरता देखिए पनि नेपालमा आज विदेशी मुद्राको विनिमय दरमा सामान्य उतारचढाव देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि जारी गरेको विनिमय दरअनुसार प्रमुख मुद्राहरूमा हल्का फेरबदल देखिएको छ ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा कायम गरिएको जनाएको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ रुपैयाँ ४४ पैसा, बहराईन दीनार एकको खरिदमा ३६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ७९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यी दरहरू आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ । यस्ता दरहरू वाणिज्य बैंकहरूमा फरक हुनसक्ने हुँदा प्रयोगकर्ताले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न अनुरोध गरिएको छ ।