Harsamaya
जोकोभिचले जिते करियरको १००औं एकल उपाधि
टेनिस खेलाडी नोभाक जोकोभिच ।

काठमाडौं - टेनिस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् ।

जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ (२), ७–६ (२) ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि जितेका छन् ।

सर्बियाली स्टार जोकोभिच अब सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडी जिमी कोनर्सले १०९ र रोजर फेडेरर १०३ एकल उपाधि जितेका छन् । 

जोकोभिचले हालसम्म २४ ग्राण्ड सलाम जितेर शीर्ष स्थानमा रहेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update