काठमाडौं - पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले साहित्यका विभिन्न फाँटहरुमा लामो समयदेखि दायित्व वाङ्मय प्रतिष्ठान नेपालले योगदान दिँदै आएको बताएका छन् ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित सम्मान, पुरस्कार समर्पण तथा कृति लोकार्पण समारोहमा बोल्दै उनले साहित्यका क्षेत्रमा वाङ्मय प्रतिष्ठानले ठूलो भूमिका खेलेको र वाङ्मय प्रतिष्ठानले दिएको सेवा आफैं नै प्रशसनिय रहेको बताएका हुन् ।
उनले भने, ‘साहित्यका विभिन्न फाँटहरुमा लामो समयदेखि दायित्व वाङ्मय प्रतिष्ठान नेपालले योगदान दिँदै आइरहेको छ । साहित्यका क्षेत्रमा वाङ्मय प्रतिष्ठानले ठूलो भूमिका खेलेको छ । वाङ्मय प्रतिष्ठानले दिएको सेवा आफैं नै प्रशसनिय छ ।’
साथै उनले वाङ्मय प्रतिष्ठानले सरकारी सहयोगबिना व्यक्तिगत प्रयासबाट निरन्तर रुपमा दिएको सेवा प्रेरणादायी रहेको बताए । उनले निरन्तर साहित्यको सेवा र भाषा साहित्यमा प्रतिष्ठानले सहयोग पाउनुपर्ने थियो त्यो नभएको बताए ।