त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष कप हुँदै : विजेताले १ लाख ११ हजार पाउने

सिन्धुपाल्चोक - त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ।
जेठ १५ देखि १७ गतेसम्म तौथली खेलमैदानमा हुने उक्त फुटबल प्रतियोगिता गाउँपालिकास्तरीय खेलकुद विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको हो।
प्रतियोगितामा प्रथम हुनेले पहिलो एक लाख एघार हजार १११ पाउने छ भने दोस्रो हुनेले ५५ हजार ५५५ नगद प्राप्त गर्ने छन्।
सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता त्रिपुरासुन्दरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने भएको हो।
आयोजक समितिका अनुसार प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न टोल र क्लबहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२ ०९:२२
प्रतिक्रिया दिनुहोस्