Harsamaya
रनवेको खाल्डो पुरेपछि सुर्खेत विमानस्थल शनिबारदेखि चल्ने
सुर्खेत विमानस्थल ।

सुर्खेत - रनवेमा खाल्डो परेपछि मंगलबार देखि बन्द सुर्खेत विमानस्थल शनिबारदेखि नियमित सुचारु हुने भएको छ ।

विमानस्थलको रनवेमा खाल्डो पुरेपछि मर्मतका लागि विमानस्थल चार दिनदेखि बन्द गरिएको थियो । शुक्रबार मर्मतको काम सकिए पछि शनिबारदेखि नियमित जहाज उडानका लागि विमानस्थल सुचारु गरिने सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले बताए । 

विमानस्थलको उत्तरतर्फको भागको रनवेमा पानीको मुल फुटेपछि विमानस्थल बन्द गरेर रनवे मर्मत थालिएको थियो ।

‘पहिले देखिएको खाल्डो मर्मत गर्दा रनवेमै अर्को ठाउँमा पानीको मुल फुटेपछि थप दुई दिन विमानस्थल बन्द गर्नु प¥यो’ विमानस्थल प्रमुख काफ्लेले भने, ‘रनवे मर्मत सकिएसंगै शनिबार जहाज नियमित गरिने छ ।’ रनवेमा पानी निस्किएर भासिन थालेपछि भौगर्भिक अनुसन्धान गर्ने कार्यपनि अघि बढाइने उनले बताए । 

मंगलबारदेखि विमानस्थल बन्द हुँदा कर्णालीका नागरिक हवाई यात्रा प्रभावित भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विमानस्थलको निरिक्षण गरेका थिए । उनले विमानस्थलमा पानी निस्कनुको कारण खोज्न प्राविधिकहरूलाई भनेको बताए । 

‘विमानस्थलमुनि पुरै पानी छ भन्ने आशंका प्राविधिकहरूको छ’ उनले भने, ‘यसका लागि आवश्यक अनुसन्धान गर्नु पर्ने जरुरी भएको छ ।’ 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update