नेप्से परिसूचक १९.१४ अंकले बढ्यो

काठमाडौं - आज नेप्से परिसूचक १९.१४ अंकले बढेको छ । यस दिन परिसूचक ०.७१ प्रतिशत बढेर २६८८.५५ विन्दुमा बन्द भएको हो । आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
अघिल्लो दिन बजारमा १० अर्ब ४५ करोडको सेयर कारोबार भएको थियो । आज १०४ कम्पनीको मूल्य बढेको छ । १४२ कम्पनीको मूल्य घट्दा १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा मेगा फर्मस्युटिकल्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वाराही हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२ १६:०७
प्रतिक्रिया दिनुहोस्