Harsamaya
टोटनहम युरोपा लिग च्याम्पियन, १७ वर्षपछि उपाधि
टोटनहमले युरोपा लिग च्याम्पियन उपाधि जितेकाे छ ।

काठमाडौं - टोटनहमले युरोपा लिगको उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडलाई बुधबार १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो । टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो ।‌ ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल  निर्णायक बन्यो ।

साथै, टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । क्लबले १ सय मिलियन‌ पाउन्डको आर्थिक लाभ पनि पाउनेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update