सेयर बजार ७.९४ अंकले घट्यो

काठमाडौं - आज सेयर बजार ७.९४ अंकले घटेको छ । नेप्से परिसूचक घटेर २६६९.५१ विन्दुमा रोकिएको छ । तर, कारोबार रकम एकै दिन तीन अर्ब ३८ करोड रुपैयाँले बढेको छ ।
आज १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । हिजो सात अर्ब ३१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ । १५३ कम्पनीको सेयर मूल्य घटेको छ । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ १६:४४
प्रतिक्रिया दिनुहोस्