सेयर बजार उच्च अंकले बढ्यो
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.०९ अंकले बढेको छ ।
मंगलबार बजार २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा ३१० वटा कम्पनीका एक करोड ६८ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । सात अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बजार बढ्दा २२९ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । एक कम्पनीको मूल्य स्थिर रह्यो ।
सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक, ओम मेगाश्री फर्माटिकल्स, ग्रीन डेभलपमेन्ट बैंक, राप्ती हाइड्रोपावरको सेयर मूल्य बढेको छ ।
त्यस्तै, कारोबारको हिसाबले सबैभन्दा अगाडि रहेको कम्पनीमा राधी हाइड्रोपावर रहेको छ । राधी हाइड्रोको ४१ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
 
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १६:१९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
