एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी
-1747710019.jpg)
काठमाडौं - २१औँ एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही जेठ ९ देखि ११ गते सम्म हुने च्याम्पियनशिपमा सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ सहभागी हुँदै छन् ।
यस्तै हेड कोच कुशल श्रेष्ठ, टिम कोच मन्डेकाजी श्रेष्ठ, टिम म्यानेजर किशोर प्रसाद भट्टराई पनि सहभागी रहेका छन् । च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार शुभकामना सहित बिदाइ गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ ०८:५०
प्रतिक्रिया दिनुहोस्