विद्युत प्राधिकरणले बिजुली आउने जाने भएकोमा माग्यो माफी

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले बिजुली आउने जाने भएको प्रति क्षमा मागेको छ। सामाजिक सञ्जाल फेसबुकमा एक सूचना जारी गर्दै प्राधिकरणले भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर-मुजफरपुर लाइनमा आएको समस्याले गर्दा लाइन जाने आउने गरेको भन्दै क्षमा मागेको हो ।
‘काम हुँदैछ,छ समस्या समाधान हुन्छ’,प्राधिकरणले लेखेको छ । बिहीबार साँझ काठमाडौंलगायत देशका धेरै भूभागमा बिजुली आउने जाने भएको थियो ।
<>
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ २१:५५
प्रतिक्रिया दिनुहोस्