लगातार घट्यो सेयर कारोबार

काठमाडौं - साताको अन्तिम दिन सेयर बजार घटेको छ ।
बिहीबार आज नेप्से परिसूचक ८.४१ अंकले घटेको हो । जसका कारण नेप्से २६११.८५ बिन्दुमा पुगेर रोकिएको छ ।
बिहीबार कूल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै, एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ।
जसअनुसार १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा आज ७ अर्ब ८३ करोड, ३४ लाख ७ हजार २ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
साताको पहिलो दिन गत आइतबार ११ अर्ब बढीको कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय