महालेखा परीक्षकको वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै

काठमाडौं - महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै छ । महालेखा परीक्षक तोयम रायाले बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन पेश गर्न महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाइसकेपछि उक्त प्रतिवेदन सार्वजनिक गर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८१ /०८२ मा विभिन्न सार्वजनिक निकायको लेखा परीक्षण तथा बेरुजु सहितको प्रतिवेदन परीक्षकको कार्यालयले सार्वजनिक गर्न लागेको हो ।
संवैधानिक निकायको रुपमा रहेको कार्यालय सबै तहका सरकार र सार्वजनिक संस्थानको अन्तिम लेखा परीक्षकको काम गर्छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ ०७:३४
प्रतिक्रिया दिनुहोस्