Harsamaya
युरोको भाउ घट्दा अमेरिकी डलरको भाउ स्थिर, प्रमुख मुद्राहरूको सटही दर कति छ ?
सांकेतिक तस्वीर: हर समय/ Har samaya

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा केही स्थिरता देखिए पनि नेपालमा आज विदेशी मुद्राको विनिमय दरमा सामान्य उतारचढाव देखिएको छ ।  नेपाल राष्ट्र बैङ्कले आजको लागि जारी गरेको विनिमय दरअनुसार प्रमुख मुद्राहरूमा हल्का फेरबदल देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैङ्कले युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ४० पैसा र बिक्रीदर १८० रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०८ पैसा कायम गरिएको जनाएको छ । 

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५० पैसा र बिक्रीदर ९७ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २८ पैसा र बिक्रीदर २० रुपैयाँ ३७ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यी दरहरू आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ । यस्ता दरहरू वाणिज्य बैंकहरूमा फरक हुनसक्ने हुँदा प्रयोगकर्ताले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update