Harsamaya
विल्सन विक्रम भन्छन् : ‘टोक्मा एप’ चलाएर देशको पैसा देशमै राखौं
विल्सन विक्रम राई ।

काठमाडौं - टोक्मा टेक्नोलोजीले नयाँ एप लन्ज गरेको छ । सोमबार काठमाडौंका विषेश कार्यक्रमको आयोजना गरी टोक्मा एप लन्च गरिएको हो । 

लन्च कार्यक्रममा बोल्दै टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक कुलमान घिसिङले बताए ।  उनले यस्ता टेक्नोलोजीले हाम्रा कामहरूमा सहजता ल्याउने बताए । 

‘बेरोजगारी युवा, स्कूल पढ्दै गरेका विद्यार्थीहरूलाई यसले रोजगारीको अवसर दिन्छ । एपले नेपालको डिजिटल क्षेत्रमा सहयोग पुग्नेछ । यस्ता टेक्नोलोजीले दैनिक क्रियाकलापहरू, काममा सहज ल्याउने काम गर्नेछ,’ उनले भने । 

यस्तै अभिनेता विल्सन विक्रम राईले विदेशका एपहरु पैसा तिरेर चलाइरहेको भन्दै स्वदेशी पैसा विदेशतिर गएको भन्दै एपले देशको पैसा देशमा राखेर रोजगारको अवसर दिने बताए । 

यस्तै टोक्मा टेक्नोलोजीका निर्देशक सागर आङदेम्बेले एपमा चारवटा फिचर रहेको भन्दै यसले यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा दिने बताए । यसमा ट्राभल, सवारी, गाइड, साथी सेवा र सुरक्षा गार्ड सेवा सबै एकै ठाउँमा उपलब्ध रहेको उनले जानकारी दिए । 

‘टोक्मा एप हाम्रो संस्कृति र प्रविधिको राम्रो संयोजन हो । यो एपले यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा दिन्छ । यसमा ट्राभल, सवारी, गाइड, साथी सेवा र सुरक्षा गार्ड सेवा सबै एकै ठाउँमा उपलब्ध छन् ।’

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update