Harsamaya
सगरमाथा संवादका लागि भारतले दियो नेपाललाई १५ विद्युतीय सवारीसाधन
भारतले नेपाललाई दिएको १५ वटा विद्युतीय सवारीसाधन ।

काठमाडौं - भारतले नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन प्रदान गरेको छ।

मित्रता र सद्भावनाको संकेतस्वरूप नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् ।

उपहारस्वरूप प्राप्त यी सवारी साधनहरूले सरकारले जेठ २–४ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको नेपालमा ‘सगरमाथा संवाद’को पहिलो संस्करण सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने भारतीय दूतावासले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update