Harsamaya
 इन्द्रावती अध्यक्ष कप: पहिलो दिन वडा ४,५ र १० विजयी
चौथो इन्द्रावती कप ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकाद्वारा आयोजित चौथो गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। उद्घाटन दिनमै तीन खेल सम्पन्न भएका छन्, जसमा वडा नम्बर १०, वडा नम्बर ४ र वडा नम्बर ५ विजयी भएका छन्।

प्रतियोगिताको पहिलो खेलमा इन्द्रावती–१० ले इन्द्रावती–१ लाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गर्‍यो। निर्धारित समयमै निर्णायक गोल गर्दै वडा १० ले पहिलो जित दर्ता गर्‍यो। खेलको म्यान अफ द म्याच विमल मोक्तान घोषित भए।

त्यस्तै दोस्रो खेलमा इन्द्रावती–४ र वडा नम्बर १२ बीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयसम्म दुवै पक्षले १–१ गोल गरेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो। पेनाल्टीमा इन्द्रावती–४ विजयी बन्यो। उक्त खेलका ‘म्यान अफ द म्याच’ वडा ४ का कप्तान श्याम तामाङ घोषित भए।

त्यस्तै आजै सम्पन्न भएको तेस्रो खेलमा इन्द्रावती–५ ले वडा नम्बर ८ लाई १–० गोल अन्तरले पराजित गर्यो खेलका उत्कृष्ट खेलाडीको रूपमा वडा ५ का मनोज लामा चयन भए।

प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने छ भने कुल ११ वटा वडाले सहभागिता जनाएको थियो। भोलिको पहिलो खेल वडा नम्बर ११ र वडा नम्बर ६ बीच हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update