
भारत - भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको छ ।
परराष्ट्र मन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् । उक्त विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो । प्रिशाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरू त्यहाँ पुगेपछि पोस्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरू भारत प्रस्थान गरिसकेका छन् ।
गत फागुन ४ मा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।