सुन खरिदका लागि सिफारिस गर्दा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं - नेपाल राष्ट्र बैंकले सुन खरिदको लागि सिफारिस गर्दा शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले मंगलबार सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ/महासंघ र सिफारिस लिने व्यवसायीको नाममा सूचना जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधिमा शुल्क लिन नपाइने व्यवस्था रहेको भन्दै त्यसलाई पालना गर्न सचेत गराएको हो । सुन व्यवसायीका विभिन्न पाँचवटा संघ र महासंघले आफ्ना सदस्य व्यवसायीलाई बैंकबाट सुन खरिद गर्न सिफारिस गर्दै आएका छन् । ती संघहरुको सिफारिसकै आधारमा बैंकहरूले व्यवसायीलाई सुन उपलब्ध गराउँछन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ १०:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय