Harsamaya
पीएम कपमा आज दुई खेल हुँदै
पीएम कपमा आज दुई खेल हुँदै ।

काठमाडौं - जारी पीएम कपमा आज दुई खेल हुँदैछन् ।

आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदैछ । जारी प्रतियोगितामा आर्मीले आफ्नो पहिलो खेल जितेको छ भने सुदूरपश्चिमले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा कोशी प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update