Harsamaya
ट्राफिक प्रहरीले गर्यो ४७० जनालाई कारबाही
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २५ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ९१, हर्न निषेधमा ५, अवस्था ठिक नभएको ६ र अन्यमा २३१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update