वायुसेवा निगमका कर्मचारीको तलबबाट बाढीपीडितका लागि ९८ लाख सहयोग
काठमाडौं - नेपाल वायुसेवा निगमले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९८ लाख ३५ हजार ९७६ रुपैयाँ ६७ पैसा सहयोग गरेको छ।
निगममा कार्यरत सम्पूर्ण कर्मचारीको तलबबाट कट्टा गरी सङ्कलन गरिएको रकमको चेक निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेश)लाई हस्तान्तरण गरेका हुन्।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको उपस्थितिमा चेक हस्तान्तरण गरिएको निगमले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०८३ २१:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

