Harsamaya
पोखरा उद्योग वाणिज्य संघमा उद्योग उपाध्यक्षमा सौगात थापा 
उपाध्यक्षमा सौगात थापा ।

काठमाडौं - पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा सौगात थापा निर्वाचित भएका छन् । उनले १ हजार २ सय ७१ मत प्राप्त गरेर उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी ललित बहादुर कुँवरले ९ सय ७३ मत प्राप्त गरेका थिए ।

निर्वाचित भएपछि थापाले उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित काम गर्ने बताए ।

उनले नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने, उद्यमीका समस्या समाधानका लागि पहल गर्ने तथा पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई थप गतिशील र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

थापाले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने उद्यमीसँग जोड्न आवश्यक रहेको बताउँदै नवउद्यम र नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा आफ्नो प्राथमिकता रहने बताएका छन्।

'युवालाई उद्यमसँग जोड्दै, नयाँ व्यवसायलाई प्रोत्साहन गर्दै र पोखराको उद्योग व्यवसायलाई अझ गतिशील बनाउनेछु,' थापाले भने। उनले संघलाई उद्योगी–व्यवसायीको साझा आवाजका रूपमा थप प्रभावकारी बनाउँदै व्यवसाय सञ्चालनका क्रममा देखिएका नीतिगत तथा व्यावहारिक समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए । 


थापा गत निर्वाचनमा व्यवसायी थापा पोखरा उद्योग वाणिज्य संघको खुला कार्यसमिति सदस्यमा निर्वाचित भइसकेका छन् ।

उनले २०८१ भदौमा भएको निर्वाचनमा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा अत्यधिक मत ल्याएर निर्वाचित भएका थिए । पोखरा उद्योग वाणिज्य संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी छन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पार्दै विजयी भइन् । 

गौतमले ७ सय ५१, पोखरेलले ६ सय ३७, बुद्धाचार्यले ६ सय १ र आचार्यले २ सय ५३ मत प्राप्त गरे । पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व पाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update