काठमाडौं - बृहत नागरिक आन्दोलनले शान्ति, सद्भाव र न्यायका लागि नागरिक सभाको आयोजना गरेको छ ।
मुलुकमा शान्ति कायम गर्नका लागि एकताबद्ध हुनुपर्ने भन्दै बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंको रत्नपार्कमा नागरिक सभाको आयोजना गरेको हो । नागरिक सभामा सहभागीहरुले धर्मका नाममा हुने विवादलाई सदाका लागि अन्त्य गर्दै सवै नागरिकबीच सहकार्य र एकताको खाँचो रहेको जनाएका थिए ।
बहुसंख्यक र अल्पसंख्यक समुदायबीच बेलाबेलामा सानातिना घटनाहरू हुने गरेको भएपनि पछिल्लो घटना प्रशासनको लापरवाहीबाट सुरु उनीहरुले आरोप लगाएका छन् ।
सामाजिक सद्भाव कायम गर्न र थप हिंसा भड्किन नदिन सम्पूर्ण नागरिकहरूलाई सचेत र सक्रिय रहन बृहत नागरिक आन्दोलनले आह्वान गरेको छ ।
साथै सहभागीहरुले समाजमा सद्भाव कायम गराउन राज्य पनि गम्भीर हुनुपर्ने जनाएका छन् ।

