Harsamaya
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा कम्प्युटर इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत कम्प्युटर इन्जिनियर रोकेश कुमार दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार दासले इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिन नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएका थिए। नियुक्तिपछि उनले उक्त पदबाट प्राप्त हुने ओहदा, लाभ र सुविधा लिँदै भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कसुरमा सोही ऐनअनुसार कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update