Harsamaya
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । 

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update