कुखुरा फार्ममा छापा, ३२० किलो गाँजा बरामद
सर्लाही - सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित एक कुखुरा फार्मबाट करिब ३२० किलो अवैध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका २८ वर्षीय अमरजित राउत रहेका छन्। प्रहरीचौकी मधुवनीगाउँबाट खटिएको टोलीले शङ्काका आधारमा कुखुरा फार्ममा तलासी गर्दा १९ वटा पोकामा लुकाएर राखिएको करिब ३२० किलो गाँजा बरामद गरेको हो।
घटनास्थलबाट प्रहरीले बा.प्र.०१–०२६ च २८८६ नम्बरको गाडी, बीआर ०६ बीवाई १७६१ नम्बर र लु ४७ प २५२८ नम्बरका मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
बरामद लागुऔषध, सवारीसाधन र पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०८३ २१:३६
प्रतिक्रिया दिनुहोस्

