Harsamaya
पहिरो हटेपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
जलविले पहिरो ।

चितवन - पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन भरतपुरका अनुसार मंगलबार बिहानैदेखि मेसिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएपछि सडकमा दुवैतर्फबाट सवारीसाधन सञ्चालन गरिएको हो।

सडक सञ्चालनमा आए पनि वर्षायामका कारण पहिरोको जोखिम कायम रहेकाले चालकलाई लेन अनुशासन पालना गर्न, ओभरटेक नगर्न तथा सीमित गतिमा सवारी चलाउन सडक डिभिजनले अनुरोध गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update