Harsamaya
प्रेम आचार्यको आत्मदाहपछि बालेनले भनेका थिए– ‘यो राज्य असफलताको संकेत हो’
प्रधानमन्त्री बालेन शाह ।

काठमाडौं - इलामका प्रेमप्रसाद आचार्यले संसद् भवनअगाडि आत्मदाह गरेपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गरेका थिए । 

उनले एक नागरिक आत्मदाहसम्म पुग्नु व्यक्तिगत घटना मात्र नभई राज्य असफल भएको गम्भीर संकेत भएको उल्लेख गरेका थिए । नागरिकको व्यवसाय, निराशा, सुरक्षा, उद्यम र भोगाइसँग जोडिएका हरेक क्षेत्रमा राज्य असफल हुँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ थियो।

बालेनले जनप्रतिनिधि, सत्ता, सञ्चारमाध्यम र नागरिक सबैले आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गर्दै नागरिकको सामान्य दायित्व पूरा गर्न राज्य सक्षम हुनुपर्ने धारणा राखेा थिए । उनले राजनीतिक नेतृत्वले नियमको पालना गर्दै नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने र सञ्चारमाध्यमले पनि सकारात्मक परिवर्तनका विषयलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । 

स्टाटसको अन्त्यमा उनले प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भविष्यमा कुनै पनि नागरिकले यस्तो नियति भोग्न नपरोस् भन्ने कामना गरेका थिए । 

balen-1783658219.jpg

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update