Harsamaya
दही चिउरा खाई असार १५ मनाउँदै,  धान दिवस नि आजै
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - आज दही चिउरा खाई असार १५ मनाउँछन् । 

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण कामका लागि दही प्रयोग गरिन्छ । 

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । 

यस्तै, आज राष्ट्रिय धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । 

कृषि प्रधान देश नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, संस्कृति र किसानको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । धान खेतीको महत्वलाई उजागर गर्न यो दिवस मनाउने गरिन्छ ।

धान नेपालीको मुख्य खाद्यान्न बाली हो । नेपालको इतिहास, सभ्यता, संस्कृति र जनजीवनसँग धानसँग सम्बन्ध जोडिएको हुन्छ । अधिकांश नेपालीको दैनिक भोजनको आधार चामल भएकाले धानलाई केवल कृषि उत्पादन मात्र नभई जीवनयापनको आधारका रूपमा पनि लिने गरिन्छ ।

असार १५ धान रोपाइँको मुख्य समय भएकाले किसानका लागि विशेष महत्व बोकेको दिन हो । 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update