डोजर चलाइरहेका युवकको ढुङ्गाले लागेर मृत्यु
कालीकोट - कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीरबाट खसेको ढुङ्गा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो ।
निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०८३ १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

