Harsamaya
नेप्से परिसूचक आठ अङ्कले घट्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ६५१ दशमलव ५२ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६४ अङ्कले ओरालो लागेर ४५८ दशमलव २३ मा सीमित भएको छ । कूल तीन सय ३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता शेयर रु दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

कारोबारका आधारमा सोापान फर्मासिटिकल्स शीर्ष स्थानमा छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबिआई बैंक शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले आज कमाएका छन् । भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिवेञ्चर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले आज गुमाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update