पेट्रोल महँगियो, डिजेल-मट्टीतेल सस्तो (विज्ञप्तिसहित)
                            
                            
                                                        
                                                    
                                                            काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।
त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य ४ रुपैयाँ घटाएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट शनिबार १५ फेब्रुअरी २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ । त्यस्तै डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको निगमले जनाएको छ ।
विज्ञप्ति :-

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०६:०१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
