कर चुहावट प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्छ : युवराज दुलाल
काठमाडौं - नेकपा सांसद युवराज दुलालले करको दर हेरफेर र बीवाईडी गाडी भन्सार पास प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दुलालले संसदमा पेश भइसकेपछि अर्थ मन्त्रालयले करका दर परिवर्तन गर्न नसक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे।
कर सम्बन्धी सूचना चुहावट भएको र त्यसकै आधारमा बीवाईडीका सयौं गाडी भन्सार पास गरिएको दाबी गर्दै उनले यसमा उच्च तहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरे।
उनले सूचना चुहावट कहाँबाट भयो र कसको आदेशमा गाडी भन्सार पास गरियो भन्ने विषय सत्यतथ्य रूपमा बाहिर ल्याउन संसदीय छानबिन आवश्यक रहेको बताए। दोषी जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्ने उनको माग छ।
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३ १५:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

