Harsamaya
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो।

दिवसका अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा प्रकृतिमैत्री विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिँदै छन्।

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका विषयमा विश्वव्यापी जागरण फैलाउने उद्देश्य राखेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update