काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।
यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५४ पैसा र बिक्रीदर ४० रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

