Harsamaya
अत्यधिक रक्तस्राव भएकी सुत्केरीको उद्धार
प्रतिकात्मक तस्वीर ।

सङ्खुवासभा - सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको जानकारी दिए । 

आइतबार सुत्केरी ब्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना भएकी मगरको आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया मार्फत नवजात शिशु निकालिएको  थियो । यसक्रममा उनको अत्यधिक रक्तश्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो  ।

जिल्ला अस्पतालका प्रमुख डा सन्तोश देवले भने ‘मगरलाई अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकप्टरमार्फत काठमाडौ थापाथली स्थित प्रसूति गृहमा पठाइएको छ ।’ 

सुत्केरी मगरलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update