Harsamaya
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
- सूचना तथा सञ्चार मन्त्रालय

काठमाडौं - सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले आज शनिबार एक सूचना जारी गर्दै अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिने जनाएको छ ।

इच्छुक योग्य व्यक्तिले यही जेष्ठ १८ गते (सोमबार) कार्यालय समयभित्र आवेदन पेश गर्न आग्रह गरेको छ ।

आवेदन फाराम, आवश्यक योग्यता, अनुभव तथा पेश गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.mocit.gov.np तथा सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट www.psbnepal.gov.np मा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update