Harsamaya
एक लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर आईपीओ आज बाँडफाँड गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न बाँडफाँड कार्यक्रममार्फत गोलाप्रथाद्वारा भाग्यमानी आवेदक छनोट गरिएको हो ।

बाँडफाँडअनुसार कुल १ लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा कुल २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएका थिए । तीमध्ये विभिन्न कारणले ४४ हजार ४१६ जनाको आवेदन रद्द भएको थियो भने २९ लाख ३८ हजार ८२ जना योग्य आवेदक कायम भएका थिए । कम्पनीका अनुसार आईपीओमा माग गरिएको भन्दा १८.६३ गुणा बढी आवेदन परेको थियो, जसले लगानीकर्ताको उच्च आकर्षण देखाएको छ ।

कम्पनीले २०८३ वैशाख १६ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको थियो । आईपीओ बाँडफाँडको नतिजा सीडीएससीको आईपीओ रिजल्ट वेबसाइट, मुक्तिनाथ क्यापिटलको आधिकारिक वेबसाइट तथा मेरो शेयर मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update