Harsamaya

चितवन - भरतपुर महानगरपालिका–४ धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाह भोज खाएपछि ९३ जना बिरामी परेका छन्। तीमध्ये ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार वैशाख २३ गते आयोजित भोजमा सहभागी भएकाहरूमा त्यसपछि स्वास्थ्य समस्या देखिन थालेको हो।

बिरामीहरूको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केही बिरामीलाई काठमाडौंस्थित निजामती कर्मचारी (सिभिल) अस्पताल र त्रिवि शिक्षण अस्पतालमा समेत उपचारका लागि लगिएको छ।

प्रहरीका अनुसार हालसम्म बिरामी भएका ९३ जनामध्ये ५० जना उपचाररत छन्। दुई जनालाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको भए पनि स्वास्थ्यमा सुधार आएपछि वार्डमा सारिएको जनाइएको छ। सबै बिरामीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update