Harsamaya
मञ्जुश्री ‘कोअप्रेटिभ’का अध्यक्ष घिमिरे पक्राउ
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ ।

 सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो । 

वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन निजलाई पक्राउ गरिएको जानकारी दिए ।  

सहकारीले करिब एक सय ५० बचतकर्ताको रु १५ करोड बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update