Harsamaya
गायक रामकृष्ण ढकाल पुगे साइबर ब्यूरो
गायक रामकृष्ण ढकाल ।

काठमाडौं - गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। आफूविरुद्ध भ्रामक प्रचार, गालीगलौज र मानहानी गरिएको भन्दै उनले कानुनी कारबाहीको माग गरेका हुन्।

पछिल्लो समय रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने क्रममा गाडी चलाएको विषयलाई लिएर सामाजिक सञ्जालमा ढकालको आलोचना भइरहेको थियो।

ढकालले यस्ता गतिविधिले आफ्नो व्यक्तिगत जीवन र पेशागत प्रतिष्ठामा गम्भीर असर परेको बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update