पानीको मूल्य पनि बढाउने
काठमाडौं - बजारमा बढ्दो महँगीको असर अब प्रशोधित पिउने पानीमा समेत देखिन थालेको छ। नेपाल पानी उद्योग महासंघले उत्पादन लागत उल्लेख्य बढेको भन्दै पानीको मूल्य समायोजन गर्ने निर्णय गरेको हो।
महासंघका अनुसार कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ भने ढुवानी, प्याकेजिङ र सञ्चालन खर्च पनि निरन्तर उकालो लागेको छ। यस्तो अवस्थामा पुरानै मूल्यमा पानी बिक्री गर्दा उद्योग नै संकटमा पर्ने जोखिम देखिएको उद्योगीहरूको भनाइ छ।
यसै सन्दर्भमा महासंघले सदस्य उद्योगहरूलाई लागतअनुसार मूल्य समायोजन गरी बिक्री गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३ २०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

