धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए पदबाट राजीनामा
काठमाडौं - नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेका छन्।
शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन्। स्रोतका अनुसार उनले भोलि अर्थमन्त्री डाक्टर स्वर्णीम वाग्ले समक्ष औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्।
धितोपत्र ऐनअनुसार बोर्ड अध्यक्षले आफ्नो राजीनामा सरकारसमक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
श्रेष्ठले पदबाट अलग हुँदै सरकारलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका छन्। उनी २०८१ साल मंसिर १० गते बोर्डको अध्यक्षमा नियुक्त भएका थिए।
प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३ २०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

