
नुवाकोट - नुवाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छहरे–काठमाण्डौं सडकखण्डको लिखु गाउँपालिका वडा नं. ५ अमिलेबोटमा माईक्रोबस र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
सोमबार काठमाण्डौंबाट त्रिशुलीतर्फ आउँदै गरेको बा.प्र.–०६–००१ ज ०४३९ नं. को ईभी माइक्रो बस र छहरेतर्फबाट काठमाण्डौंतर्फ गइरहेको बा.प्र.–०२–०२३ प– २४६४ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक रसुवा उत्तरगया गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २५ का प्रमोद थापा र मोटरसाइकल पछाडी सवार सोही स्थानका वर्ष ३८ का पुरूषोत्तम लामिछाने घाइते भएका छन् । घाइते लामिछानेको चिरायु अस्पताल बसुन्घरामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ईभी माइक्रो बस र सो माइक्रो बसको चालक नुवाकोट विदुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३६ को नारायण वर्देवा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।