एपोलो हाईड्रोको आईपिओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं - एपोलो हाईड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपिओ) निष्कासन गरेको छ । कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको जनाएको छ ।
निष्कासन गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रयोग गरी दिन सकिनेछ ।
कम्पनीका अनुसार आईपीओ छिटोमा चैत ३० गतेसम्म र ढिलोमा वैशाख १० गतेसम्म खुला रहनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ ०९:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

