Harsamaya
महाकालीमा बगेर कृष्ण चन्द बेपत्ता
सांकेतिक तस्वीर : हर समय/Har Samaya

बैतडी - महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन् ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएका हुन् । उनको खोजी जारी छ । 

यसैबीच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव  सोमबार सोही नदीकिनारमा फेला परेको जनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update