Harsamaya
नेपाल वायुसेवा निगमले थप्यो काठमाडौं–दिल्लीको नयाँ फ्लाइट
नेपाल वायुसेवा निगम ।

काठमाडौं - नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई सेवा थप विस्तार गरेको छ।

मंगलबार निगमले जारी गरेको प्रेस नोटअनुसार हाल दैनिक एक उडान भइरहेको काठमाडौं–दिल्ली रुटमा यात्रुको बढ्दो चाप व्यवस्थापन गर्न अतिरिक्त उडान थपिएको हो। अब नयाँ व्यवस्था अनुसार सातामा तीन दिन थप उडान सञ्चालन नेपाल वायुसेवा निगमकी सहप्रवक्ता कल्पना काफ्लेले जानकारी दिइन् ।

नयाँ तालिकाअनुसार RA-205/206 उडान मंगलबार, बिहीबार र शनिबार सञ्चालन हुनेछ भने RA-217/218 उडान भने दैनिक रूपमा सञ्चालन हुँदै आएको छ। यससँगै काठमाडौं–दिल्ली–काठमाडौं रुटमा साप्ताहिक उडान संख्या १० पुगेको निगमले जनाएको छ।

निगमका अनुसार यात्रुको सहजता र सेवा विस्तारलाई ध्यानमा राख्दै उडान थपिएको हो। यस कदमले नेपाल–भारतबीच हवाई यात्रालाई थप सुलभ बनाउने विश्वास गरिएको छ।

nigam-1774953426.jpg

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update